Wednesday, October 2, 2013

पृथ्वीले चन्द्रमा चोरेको वैज्ञानिकको दाबी सौर्यमण्डलका ग्रहहरु मध्ये पृथ्वीको एउटा उपग्रह चन्द्रमा छ । मंगलका दुइ वटा, वृहस्पतीका ६३, शनिका ६०, अरुणका २७ तथा वरुणका १३ वटा उपग्रह छन् । तर बुध र शुक्रका कुनैपनि उपग्रह छैनन् । पृथ्वीको उपग्रह चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्छ । यो उपग्रह पृथ्वीकै हो भन्ने कुरामा कुनै शंका छैन । तर वैज्ञानिकहरुले भने चन्द्रमालाई पृथ्वीले चोरेको दाबी गरेका छन् । moon वैज्ञानिकहरुका अनुसार पृथ्वीले यो चन्द्रमालाई शुक्र ग्रहबाट चोरेको हो । बेलायतको रोयल सोसाइटीको चन्द्रमाको उत्पत्तिको विषयमा भएको सम्मेलनमा प्रस्तुत गरिएको एक नयाा सिद्धान्तमा वैज्ञानिकहरुले यस्तो दाबी प्रस्तुत गरेका हुन् । क्लाटेक विश्वविद्यालयका प्राध्यापक डेभ स्टेभेन्सनद्धारा प्रस्तुत गरिएको उक्त सिद्धान्तका अनुसार इतिहासको कुनै कालखण्डमा चन्द्रमा शुक्र ग्रहको उपग्रह थियो । तर पृथ्वीले चन्द्रमालाई शुक्रको कक्षबाट तान्यो र आफ्नो कक्षमा ल्यायो । उनका अनुसार अन्य ग्रहका उपग्रहहरु आफ्नो मातृ ग्रहभन्दा तुलनात्मक रुपमा निकै सानो हुनु तथा पृथ्वी र चन्द्रमाको आकारको भिन्नता त्यति धेरै नहुनु यसको एक प्रमाणको रुपमा लिन सकिन्छ । पृथ्वी र शुक्र नजिकै रहेकाले पनि पृथ्वीलाई चन्द्रमाले चोर्न सम्भव भएको उनको तर्क छ । अहिलेसम्मको चन्द्रमा उत्पत्तिको सिद्धान्त अनुसार झण्डै साढे ४ करोड वर्ष पहिले मंगल ग्रहकै जत्रो आकारको एक ग्रह पृथ्वीसाग ठोक्किएपछि पृथ्वी दुइ टुक्रा बन्यो । ठूलो टुक्रा पृथ्वी नै रह्यो भने सानो टुक्राबाट चन्द्रमा बनेको हो ।

0 Comments:

Post a Comment

Subscribe to Post Comments [Atom]

<< Home